AarthikBikash
बुधबार, बैशाख १६, २०८३
  • होमपेज
  • समाज
  • सुदूरपश्चिमदेखि कोसीका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना

सुदूरपश्चिमदेखि कोसीका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना

  • बुधबार, बैशाख १६, २०८३
सुदूरपश्चिमदेखि कोसीका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा आज साँझदेखि तीव्र हावाहुरीसहित मौसम बदली हुने चेतावनी दिएको छ ।

सुदूरपश्चिमदेखि कोसी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको हो । विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची हित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ ।

त्यस्तै, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

‘बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला,’ विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

हावाहुरी साँझ करिब ५ः४५ बजे सुरु हुने सम्भावना छ । बिहीबार बिहान करिब ७ः४५ बजे हावाहुरी ‘समाप्त हुने’ सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। विशेषगरी खुला स्थानमा नबस्न, अस्थायी संरचना सुरक्षित बनाउन, बिजुलीका पोल तथा रुखमुनि नओतिन र यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।

सम्बन्धित समाचार