AarthikBikash
बुधबार, बैशाख १६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिटको सुनुवाइ आज

सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिटको सुनुवाइ आज

  • बुधबार, बैशाख १६, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिटको सुनुवाइ आज

काठमाडौं – सर्वोच्च अदालतमा सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले गठन गरेको उक्त आयोगको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै रिट दायर गरिएको हो ।

अधिवक्ता प्रेमराज सिलवालले मंगलबार रिट दर्ता गर्दै आयोग खारेज गर्न माग गरेका छन्। रिटमा सार्वजनिक पदाधिकारीको सम्पत्तिमाथि अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग सक्रिय हुँदाहुँदै त्यसलाई बाइपास गरेर छुट्टै आयोग गठन गर्नु संविधानविपरीत भएको जिकिर गरिएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार