AarthikBikash
आइतवार, साउन २४, २०८३
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री बालेन्द्र शाहले तुरुन्त राजीनामा दिनुपर्छ : हर्क साम्पाङ

प्रधानमन्त्री बालेन्द्र शाहले तुरुन्त राजीनामा दिनुपर्छ : हर्क साम्पाङ

  • बिहिबार, बैशाख १७, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहले तुरुन्त राजीनामा दिनुपर्छ : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध कडा आलोचना गर्दै नैतिकताको आधारमा तत्काल राजीनामा दिन माग गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जालमार्फत सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै “गरिबलाई सडकमा पुर्‍याउने सरकारको औचित्य समाप्त भइसकेको” बताएका छन् ।उनले लेखेका छन्, ‘बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो। गरिबलाई सडकमा पुर्‍याउने सरकारको औचित्य सकियो।’

साम्पाङले पछिल्ला कदमलाई ‘राज्य आतंक’को संज्ञा दिँदै त्यसले सर्वसाधारणलाई बेघर र बासविहीन बनाएको आरोप लगाए। यस्तो परिस्थितिमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी वहन गर्दै पद छाड्नुपर्ने उनको भनाइ छ।

“राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासविहीन बनाएर बिजोग बनाइएको छ, त्यसैले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,” उनले उल्लेख गरेका छन्। साथै, आफूले पहिले दिएको सुझाव नमान्दा वर्तमान अवस्था आएको दाबीसमेत गरेका छन्।

सम्बन्धित समाचार