काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आजलबस्दैछ । आइतबार दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।
रास्वपाको सचिवालय बैठकमा छलफलका लागि मुख्य तीन एजेन्डा तय गरिएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आइतबार सचिवालय बैठक बोलाइएको हो ।बैठकमा स्थानीय तह उमेदवार छनोट रूपरेखा २०८३ का विषयमा छलफल गरिने रास्वपाले जनाएको छ ।
त्यस्तै, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल गरिनेछ ।