AarthikBikash
सोमवार, असार १, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सरकारले शिक्षा र स्वास्थ्यमा कर थोपरेर संवैधानिक हकमाथि प्रहार गर्‍यो : क्षितिज थेवे

सरकारले शिक्षा र स्वास्थ्यमा कर थोपरेर संवैधानिक हकमाथि प्रहार गर्‍यो : क्षितिज थेवे

  • सोमवार, असार १, २०८३
सरकारले शिक्षा र स्वास्थ्यमा कर थोपरेर संवैधानिक हकमाथि प्रहार गर्‍यो : क्षितिज थेवे

काठमाडाैं – नेकपा (एमाले)का सांसद क्षितिज थेबेले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा अतिरिक्त कर लगाएर नागरिकको संविधानप्रदत्त मौलिक हकमाथि आर्थिक बोझ थपेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरे पनि बजेटमार्फत ती क्षेत्रमा थप शुल्क लगाउने व्यवस्था गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले शिक्षामा लगाइएको अतिरिक्त समता शुल्कले ज्ञान हासिल गर्ने अवसरलाई सीमित बनाउने खतरा रहेको टिप्पणी गर्नुभयो ।

शिक्षामा अतिरिक्त शुल्क थपेर सरकारले गुणस्तरीय शिक्षा प्राप्त गर्ने नागरिकको अधिकारमाथि अप्रत्यक्ष रुपमा अंकुश लगाउन खोजेको आरोप समेत लगाउनु भयो । उहाँले जन्मदेखि मृत्युशय्यासम्म नागरिकले करको बोझ व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने खतरा सरकारले बढाएको आरोप पनि लगाउनुभयो ।

सम्बन्धित समाचार