AarthikBikash
सोमवार, असार १, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सेफ सन्तोष साहलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

सेफ सन्तोष साहलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • सोमवार, असार १, २०८३
सेफ सन्तोष साहलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – चर्चित मिथिला थालीका सञ्चालक सन्तोष साह सेफ सन्तोषलाई कम्तीमा ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले सेफ सन्तोषलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले साहलाई बैंकिङ कसुरको आरोपमा शनिबार जनकपुरबाट पक्राउ गरेको थियो ।

त्यसपछि काठमाडौं ल्याएर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाएको थियो ।

सेफ सन्तोषलाई हिरासतमा राख्न म्याद माग्दै प्रहरीले आज सोमबार कार्यालय खुलेलगत्तै जिल्ला अदालत, काठमाडौंमा हाजिर गराएको थियो ।

 

 

सम्बन्धित समाचार