AarthikBikash
आइतवार, साउन २४, २०८३
  • होमपेज
  • राजनीति
  • तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए

  • आइतवार, साउन २४, २०८३
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए

कपिलवस्तु – कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिएका छन्।

शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव आइतबार तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट निस्किएका थिए। त्यसको करिब डेढ घण्टापछि साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएँ’ भनेका थिए।

त्यसपछि आफन्त, प्रहरी र स्थानीयको टोलीले उनको खोजी सुरु गरेको थियो। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटरभित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु.प्र.०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकि राखेको अवस्थामा भेटिएको थियो।

शुक्रबार दिउसो सिंह चढ्ने मोटरसाइकल जंगलमा भेटिए पनि उनी भेटिएका थिएनन् । कपिलवस्तुको चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा उनी शुक्रबार दिउँसो करिब ३ बजेर २७ मिनेटमा उनी रामराज पुलसम्म पुगेको देखिएको थियो ।

त्यसयत अज्ञात रहेका उनको फोनमा पनि सम्पर्क हुन सकेको थिएन । कपिलवस्तुका प्रहरीका अनुसार शुक्रबार र शनिबार खोजी गरे पनि भेटाउन नसकेपछि आज बिहानैदेखि कल डिटेल लगायतका विवरणको आधारमा समेत खोजी कार्य जारी राखेको थियो ।

उनको खोजीमा ड्रोन, तालिमप्राप्त कुकुरसहित ८० भन्दा बढी प्रहरी र स्थानीय परिचालन गरिएका थिए ।

अन्तत हराएको तीन दिनदेखि कांग्रेस नेता समेत रहेका सिंह मृत फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ।

पुर्ख्यौली घर विराटनगर भई लामो समयदेखि कपिलवस्तुमा बस्दै आएका सिंह अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार