AarthikBikash
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • राजनीति
  • उद्धव थापालाई पदमुक्त गर्ने राप्रपाको पत्र बाग्मती प्रदेशसभामा दर्ता

उद्धव थापालाई पदमुक्त गर्ने राप्रपाको पत्र बाग्मती प्रदेशसभामा दर्ता

  • सोमवार, भदौ ८, २०८३
उद्धव थापालाई पदमुक्त गर्ने राप्रपाको पत्र बाग्मती प्रदेशसभामा दर्ता

काठमाडौं – राप्रपा संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गर्न सभामुखलाई पठाइएको प्रदेश सभामा दर्ता भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश सभाका सभामुखलाई सम्बोधन गर्दै सो पत्र लेखेका थिए ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लामो आनाकानीपछि पत्र दर्ता भएको जानकारी दिएका छन् । साथै, सम्मानित अदालतले भदौ १० गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएकाले त्यसबेलासम्म मुख्यमन्त्रीले विश्वासको मत लिन नमिल्ने उनको तर्क छ ।

‘यदि आज विश्वासको मत लिइएमा अदालतको मानहानि हुन जानेछ भन्नेमा सभामुख सचेत नै हुनुहुन्छ होला’ उनले भनेका छन् ।

सम्बन्धित समाचार