AarthikBikash
आइतवार, भदौ १४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • त्रिशूलीको बाढीले गोरखा–धादिङ जोड्ने चरौँदी पुल बगायो

त्रिशूलीको बाढीले गोरखा–धादिङ जोड्ने चरौँदी पुल बगायो

  • आइतवार, भदौ १४, २०८३
त्रिशूलीको बाढीले गोरखा–धादिङ जोड्ने चरौँदी पुल बगायो

धादिङ – त्रिशूली नदीमा आज आएको ठूलो बाढीले गोरखा र धादिङ जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ।

बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल चुँडालेर बगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बाढीले त्रिशूली नदीमाथि रहेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ।

नदीको बहाव अत्यधिक बढेपछि चरौँदीको झोलुङ्गे पुल बगाएको हो।

स्थानीयका अनुसार आइतबारको बाढीले चरौँदीस्थित सहकारी भवन र विद्यालयमा समेत क्षति पुर्‍याएको छ।

यसअघि भदौ १० गते आएको बाढीमा भने चरौँदीका पुल तथा सहकारी भवनमा क्षति पुगेको थिएन।

सम्बन्धित समाचार