AarthikBikash
सोमवार, भदौ २२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता

ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता

  • सोमवार, भदौ २२, २०८३
ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् ।

आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको थियो ।

दुर्घटनापछि सोही ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे मौखिक जानकारी गराएको थिए ।

ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा भेटिएको छ । ट्याक्टर चालकको ठेगाना नखुलेका समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए ।

बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवसहितको टोली परिचालन गरिएको छ ।

सम्बन्धित समाचार