AarthikBikash
सोमवार, भदौ २२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गाँजा बरामद भएको गाडीको स्टिकर उप्काएको आरोपमा स्ववियु सभापति पक्राउ

गाँजा बरामद भएको गाडीको स्टिकर उप्काएको आरोपमा स्ववियु सभापति पक्राउ

  • सोमवार, भदौ २२, २०८३
गाँजा बरामद भएको गाडीको स्टिकर उप्काएको आरोपमा स्ववियु सभापति पक्राउ

विराटनगर – विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन्।

लागुऔषध गाँजा बरामद भएको गाडीमा टाँसिएको अस्पतालको स्टिकर प्रहरी कार्यालयभित्रै प्रवेश गरेर उप्काएको आरोपमा यादव पक्राउ परेका हुन् ।

प्रहरी कार्यालय रानीको परिसरमा अनधिकृत रूपमा प्रवेश गरी अनुसन्धानका लागि नियन्त्रणमा राखिएको गाडीबाट प्रमाणका रूपमा रहेको स्टिकर हटाउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले यसअघि ५० किलो २९० ग्राम गाँजासहित को १ च ६६२० नम्बरको मारुती भ्यान नियन्त्रणमा लिएको थियो। उक्त गाडीमा ‘दिव्य ज्योती अस्पताल प्रा।लि।’ लेखिएको स्टिकर टाँसिएको थियो। सोही स्टिकर उप्काएर अनुसन्धानमा बाधा पुर्‍याउने तथा प्रमाण नष्ट गर्ने प्रयास गरेको भन्दै यादवलाई आज पक्राउ गरिएको हो ।

मोरङ प्रहरीका अनुसार अदालतबाट सात दिनको म्याद थप गरी उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गाँजा ओसारपसारमा प्रयोग भएको गाडीमा अस्पतालको स्टिकर टाँसेर सुरक्षाकर्मीलाई झुक्याउन खोजिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। त्यही स्टिकर हटाएर प्रमाण मेटाउन खोजेको आरोपमा यादवविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार