mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र मन्त्रालय

एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र मन्त्रालय

  • आइतवार, असार १९, २०७९
एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं – सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार गरेको छैन ।

६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरे पनि हालसम्म पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई गर्ने पत्राचारका अध्ययन भइरहेको जानकारी दिइन् ।

सरकारको निर्णय मन्त्रालयले प्राप्त भएको बताएकी उनले सरकारको निर्णयलाई कूटनीतिक माध्यमबाट कार्यान्वयन गर्दै पत्राचार गर्ने जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको बताइन् । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिरहेको जानकारी दिएकी उनले भ्रमण मितिको टुंगो लाग्न भने बाँकी रहेको बताइन् ।

यसैबीच प्रवक्ता सेवा लम्सालले कोरोनाभाइरस संक्रमणका कारण अध्ययन बीचमै छाडेर नेपाल फर्किएका विद्यार्थी अध्ययनलाई निरन्तरता दिन पुनः चीन जान पाउने जानकारी दिइन् । नेपाल फर्किएका ८५० विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जनालाई चीनले मंगलबार लैजाने उनले बताइन् ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।