AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • राजनीति
  • रेशम चौधरीका बुवा लालवीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित

रेशम चौधरीका बुवा लालवीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित

  • बुधबार, मंसिर ७, २०७९
रेशम चौधरीका बुवा लालवीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन्। माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतान्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् ।

चौधरीले २६ हजार ५२० मत ल्याउँदा पन्थले २६ हजार ३८४ मत पाए । नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे । राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे ।

निर्वाचित चौधरी टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशम चौधरीका बुवा हुन्।  रेशमको उमेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उमेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार