AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्रिय वाणिज्य बैंकलाई ‘थर्ड बेष्ट म्यानेजड कमर्शियल बैंक अफ द इयर’ अवार्ड

राष्ट्रिय वाणिज्य बैंकलाई ‘थर्ड बेष्ट म्यानेजड कमर्शियल बैंक अफ द इयर’ अवार्ड

  • बिहिबार, मंसिर २९, २०७९
राष्ट्रिय वाणिज्य बैंकलाई ‘थर्ड बेष्ट म्यानेजड कमर्शियल बैंक अफ द इयर’ अवार्ड

काठमाडौं –राष्ट्रिय वाणिज्य बैंकले थर्ड बेष्ट म्यानेजड कमर्शियल बैंक अफ द इयर २०२२ अवार्ड पाएको छ ।

काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्’ कार्यक्रममा बैंकले सो अवार्ड प्राप्त गरेको हो । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए ।

सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यवसायिक संस्थाहरुको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतीको आधारमा अवार्डस् प्रदान गर्दै आइरेको छ । कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार