AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • चितवन-२ मा आफूलाई ‘स्वतः विजयी’ घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग पुगे

चितवन-२ मा आफूलाई ‘स्वतः विजयी’ घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग पुगे

  • आइतवार, माघ २२, २०७९
चितवन-२ मा आफूलाई ‘स्वतः विजयी’ घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग पुगे

चितवन-गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन्। सो निर्वाचन क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

सो निर्वाचन क्षेत्रबाट विजयी भएका लामिछानेले ४९ हजार २६४ मत पाएका थिए। दोस्रो स्थानमा रहेका श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए। लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए। कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए।

आफूले आयोगमा दिएको निवेदनको बारेमा श्रेष्ठले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो। त्यससँगै लामिछाने गृहमन्त्री तथा सांसद पदबाट मुक्त भएका छन्।

सम्बन्धित समाचार