AarthikBikash
आइतवार, असार २, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • एकैदिन दुई हजारले घट्यो सुनको मूल्य

एकैदिन दुई हजारले घट्यो सुनको मूल्य

  • आइतवार, माघ २२, २०७९
एकैदिन दुई हजारले घट्यो सुनको मूल्य

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार छ सय छ । अघिल्लो दिन उक्त सुन रू एक लाख पाँच हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ४५ घटेर रु एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार