AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन

राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन

  • आइतवार, बैशाख १०, २०८०
राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ।

भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको हो ।

पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनी बुधवार देखी त्यहाँ उपचाररत रहेका छन ।

स्वास्थ्यमा सुधार आए पनि उपचार पछि कहिले स्वदेश फर्कने हो ? त्यो भने अझै टुंगो नलागेको दुतावास स्रोतले अनभिज्ञता प्रकट गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार