AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • समाजवादी मोर्चा बनाएर नेकपालाई पुनर्जीवित बनाउँछौँः प्रचण्ड

समाजवादी मोर्चा बनाएर नेकपालाई पुनर्जीवित बनाउँछौँः प्रचण्ड

  • आइतवार, बैशाख १०, २०८०
समाजवादी मोर्चा बनाएर नेकपालाई पुनर्जीवित बनाउँछौँः प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा निर्माण गरेर नेकपालाई पुनर्जीवित गराउने बताएका छन्।

आइतबार नेकपा स्थापना दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चामार्फत पार्टी एकताका लागि प्रयास हुने बताए।

‘सबै समाजवादी मोर्चामा आबद्ध हौं। त्यसबाट सन्देश दिऔं। भविष्य उज्वल छ हामी फेरि एकता सन्देश दिऔं। विचारधात्मक कामलाई अघि बढाऔं,’ प्रचण्डले भने, ‘छिट्टै समाजवादी मोर्चा घोषणा गरिनेछ। त्यहाँबाट पार्टी एकतको नयाँ ध्रुविकरणतर्फ जानेछौं। नेकपातर्फ फर्किनका लागि सबैलाई अपिल गर्नेछौं। नेकपा एकाध नेताहरुको सनकको कारण दुर्घटना परे पनि लाखौं जनताले अनुमोदन गरेको एकता हो। हामीबाट प्रस्तावित एकता हो। यसमा आग्रह वा पूर्वाग्राहले नहेरौं।’

उनले विगतमा भएको घटनाबाट शिक्षा लिँदै नयाँ प्रक्रियाबाट एकता अघि बढाउनु पर्ने पनि बताएका थिए।

Facebook Comments

सम्बन्धित समाचार