AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको माधव नेपालको आरोप

आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको माधव नेपालको आरोप

  • बुधबार, बैशाख २०, २०८०
आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको माधव नेपालको आरोप

सुर्खेत- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन्। बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले सो आरोप लगाएका हुन्।

अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनको चेतावनी छ।

नेपालले भने, ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ। यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ। यसले गठबन्धन धरापमा पार्न सक्छ।’

अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताए। समाज समृद्ध भए मात्र जनता खुसी हुने बताउँदै उनले आफ्नो पार्टी समृद्धिको अभियानमा रहेको बताए।

Facebook Comments

सम्बन्धित समाचार