AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • घरमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

घरमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

  • बुधबार, बैशाख २०, २०८०
घरमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

तनहुँ-तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधिखोलामा ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुग्दा सो हताहती भएको हो ।

दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचजना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार