AarthikBikash
बिहिबार, चैत्र १२, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रिकेट खेलाडी तथा अफिसियललाई एक-एक लाख रुपैंया प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रिकेट खेलाडी तथा अफिसियललाई एक-एक लाख रुपैंया प्रदान

  • मङ्लबार, जेष्ठ ९, २०८०
राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रिकेट खेलाडी तथा अफिसियललाई एक-एक लाख रुपैंया प्रदान

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सोमबार एक समारोहकाबीच सम्मान गरेको छ ।

हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैंया र ८ जना टिम अफिसिलयलहरुलाई जनही ५० हजार रुपैंया नगद बैंकले प्रदान गरेको छ । नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्रािष्ट्रय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टीम अफिसिलयहरुलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्रािष्ट्रय रुपमा क्रिकेले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरबपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरको बताए ।

क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्रािष्ट्रय रुपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशको लागि खेल्ने मेरो सपना त वास्तवमा हामी सबैको सपना रहेछ, पूरा गर्न पाएकोमा खुशी लागेको बताए । कार्यक्रम मार्केटिङ्ग विभागका विभागीय प्रमुख अच्युत गौतमले सञ्चालन गरेका थिए ।

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, बैंकमा क्रियाशिल तीन वटै ट्रेड यूनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका उपाध्यक्ष जितेन्द्र राई, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धक, मुख्य शाखा कार्यालयका प्रबन्धक, कर्पोरेट शाखाका प्रबन्धक लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार