AarthikBikash
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्रिय वाणिज्य बैैकद्वारा ११ वटा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैैकद्वारा ११ वटा शाखा विस्तार

  • आइतवार, असार ३१, २०८०
राष्ट्रिय वाणिज्य बैैकद्वारा ११ वटा शाखा विस्तार

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ ।

सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्ला स्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ्ग जिल्ला स्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्ला स्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्ला स्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्ला स्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्ला स्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्ला स्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्ला स्थित शाखा कार्यालय वालिङ्ग को कारोबार शुभारम्भ गरिएको बैंकले जानकारी दिएको छ ।

शाखा बिस्तार पश्चात बैंकको देशभर दुई सय ८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेको बताए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित दुई सय ८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यु आर कोड सेवा, पस (प्वाईन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युन आर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार