mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्

जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्

  • बिहिबार, भदौ ७, २०८०
जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर मान्छे उफार्ने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल भएको आरोप लगाएका छन्।

बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले कोशीमा उत्पात मञ्चाईरहेको आरोप लगाएका हुन्। कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने र कहिले असम्वैधानिक रुपमा सरकार निर्माण गर्ने जस्ता काममा प्रचण्ड माधव नेपाल लागेको ओलीको आरोप छ।

‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन्। पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन्। जातियताका नाममा उफ्रनेहरू किरात, राई लिम्बु छन्। उफ्रने उनीहरू छन् उफार्ने पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन्।’ ओलीले भने।

नुवाकोटमा साढे जुधाए झैँ जनतालाई उनीहरुले अहिले जुधाइरहेको ओलीको आरोप छ। ‘साँढेको केही दुस्मनी हुँदैन। तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनि ताली पड्काउँछन्। जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्’, ओलीले भने।

सम्बन्धित समाचार