mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२

नेप्से सूचक ६.४५ अंकले घट्यो

  • मङ्लबार, भदौ १९, २०८०
नेप्से सूचक ६.४५ अंकले घट्यो

काठमाडौं- सेयर बजारले मंगलबार पनि लगानीकर्तालाई उत्साहित बनाउन सकेन । मंगलबार नेप्से सूचक ६.४५ विन्दुले घटेर १९६१.३७ अंकमा अडिएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा लाग्दा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजार निकै सुस्त बनिरहेको छ । नेप्से सूचकका साथमा दैनिक कारोबार रकम पनि न्यून छ । खरिदकर्ता आकर्षित हुन नसक्दा कारोबार रकम निकै सुस्त भएको हो । लाभांशको सिजनमा बजार गतिहीन हुँदा लगानीकर्तमा थप अन्योलता उत्पन्न भएको छ ।

यस दिन २७७ कम्पनीको २४ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा हिमालयन एभरेष्ट इन्स्योरेन्स ७ करोड ५८ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः साल्ट ट्रेडिङ र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।