AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभामा नागरिक उन्मुक्तिलाई एक सिट दिन गठबन्धन तयार

राष्ट्रियसभामा नागरिक उन्मुक्तिलाई एक सिट दिन गठबन्धन तयार

  • बुधबार, पुस १८, २०८०
राष्ट्रियसभामा नागरिक उन्मुक्तिलाई एक सिट दिन गठबन्धन तयार

धनगढी – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीलाई एक सिट दिने समझदारी भएको बताएका छन् ।

धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संरक्षक चौधरीले यस्तो बताएका हुन् ।

चौधरीले राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी सत्तारुढ गठबन्धनभित्र भइसकेको बताए।

त्यसबारे पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गर्ने बताए ।

राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ ।

त्यसअघि नै सत्ता गठबन्धनबीच समझदारी कायम गर्न शीर्ष नेताहरुबीच छलफल हुँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार