mega darknetmega darknet
AarthikBikash
बिहिबार, साउन ३०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • मुद्दा मिलाइदिने भन्दै ३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा

मुद्दा मिलाइदिने भन्दै ३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा

  • बिहिबार, पुस १९, २०८०
मुद्दा मिलाइदिने भन्दै ३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नेपाल प्रहरीका प्रहरी सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

लागूऔषधको मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीसँग ३० हजार घुस लिने सई पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरीमा तत्कालीन कार्यरत सई साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० लाख लिइसकेको अवस्थामा आयोगले रंगेहात पक्राउ गरेको थियो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साउदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) मा उल्लेखित कसुर गरेको देखिँदा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिई विशेषमा मुद्दा दायर गरिएको हो।

सम्बन्धित समाचार