AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • सीआईबीले भन्यो: बम्जनको आश्रमबाट ४ जना अनुयायी बेपत्ता भएको सूचना छ

सीआईबीले भन्यो: बम्जनको आश्रमबाट ४ जना अनुयायी बेपत्ता भएको सूचना छ

  • बुधबार, पुस २५, २०८०
सीआईबीले भन्यो:  बम्जनको आश्रमबाट ४ जना अनुयायी बेपत्ता भएको सूचना छ

काठमाडौं-हत्या,बेपत्ता र यौन हिंसाको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सार्वजनिक गरेको छ ।

सीआईबीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी तपश्वी भनिएका बम्जनलाई पक्राउ गरेको बारेमा जानकारी दिएको हो । पक्राउ परेका बम्जनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए ।

सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो । बम्जनलाई थप कारवाहीका लागि सर्लाही जिल्ला अदालत पठाइने एसएसपी आचार्यले बताए । उनीविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता भएको छ।

बम्जनलाई सीआईबीको टोलीले मंगलबार काठमाडौंको हात्तीगौडबाट पक्राउ गरेको थियो । उनको निवासबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विदेशी रुपैयाँ नेपालीमा कन्भर्ट गर्दा हुन आउने ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद भएको सीआईबीले जानाएको छ ।

यसैगरी उनको साथबाट केही सामान पनि बरामद भएको छ। १४ थान मोबाइल , २० थानपेनड्राइभ , ५ थानआइप्याड , दुईवटा गाडी, चारवटा मोटरसाइल बरामद भएका छन्।

सीआईबीका अनुसार थप अनुयायीहरू बेपत्ता भएको भन्ने सूचना आएकाले उनीहरूका बारेमा पनि खोजि भइरहेको छ।

उनीमाथि अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप छ। जिल्ला प्रहरीले कार्यालय सर्लाहीले २०७६ माघ २४ गते बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो।

Facebook Comments

सम्बन्धित समाचार