AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

  • शुक्रबार, पुस २७, २०८०
माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन्।

राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सो कुरा बताएकी हुन्।

आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्र सम्बन्धी विधेयक तयारी भइरहेको पनि उनले बताइन् ।

नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको सञ्चारमन्त्री शर्माले बताईन्।

Facebook Comments

सम्बन्धित समाचार