AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

  • आइतवार, पुस २९, २०८०
राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं-आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान बस्न लागेको हो ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुनेछ । बैठकमा राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने विषयमा छलफल गर्न र टीआरसी सम्बन्धी विषयमा छलफल गर्नुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा बोलाएका हुन् ।

सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी थालेको छ ।

Facebook Comments

सम्बन्धित समाचार