mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • शिक्षा/स्वास्थ्य
  • एसईई आजबाट सुरू, उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

एसईई आजबाट सुरू, उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

  • बिहिबार, चैत्र १५, २०८०
एसईई आजबाट सुरू, उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

काठमाडौं-माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु हुँदैछ ।

आजदेखि चैत २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ । एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

यस वर्षको एसइईमा दुई लाख ५० हजार ७७२ छात्रा छन् भने दुई लाख ५३ हजार ६२७ छात्र छन्। १५ जना अन्य समूहबाट एसइई दिन लागेको बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्रा गरी जम्मा २३ जना परीक्षार्थीहरु सहभागी हुँदैछन् ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार