AarthikBikash
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी प्रदेशको नीति तथा कार्यक्रम आज आउदै

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज आउदै

  • सोमवार, जेष्ठ २१, २०८१
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज आउदै

विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिएका छन् । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार