mega darknetmega darknet
AarthikBikash
बिहिबार, कार्तिक १४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया फेरि स्थगित

धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया फेरि स्थगित

  • शुक्रबार, अशोज १८, २०८१
धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया फेरि स्थगित

काठमाडौं-नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरि रोकिएको छ।

अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न सर्टलिस्टमा परेका बाँकी तीन उम्मेदवार सहभागी नभएपछि नियुक्ति प्रक्रिया रोकिएको हो ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइएको थियो ।

तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता र प्रस्तुतिको लागि बोलाइएको थियो।

यसअघि पनि उनीहरू अनुपस्थित हुँदै आएका थिए। शुक्रबार अध्यक्ष सिफारिस समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी पनि उपस्थित थिएनन्।

छनोट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठसहित यी तीन जनालाई छनोट गरेको थियो।

पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थमन्त्रालयले प्रक्रिया नै रोकेको थियो। धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।

अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

सम्बन्धित समाचार