AarthikBikash
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुनको मूल्य ९०० ले घट्यो

सुनको मूल्य ९०० ले घट्यो

  • आइतवार, चैत्र ९, २०८१
सुनको मूल्य ९०० ले घट्यो

काठमाडौं-गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थप–घट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रु १५ ले घटेको छ ।

गत शुक्रबार प्रतितोला रु १ लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रु १ लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु १ हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार