AarthikBikash
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • राजनीति
  • समाजवादी मोर्चा र राजावादीहरुको भोलीको जुलुस केही होइन, वास्ता नगर्नुस् : प्रधानमन्त्री

समाजवादी मोर्चा र राजावादीहरुको भोलीको जुलुस केही होइन, वास्ता नगर्नुस् : प्रधानमन्त्री

  • बिहिबार, चैत्र १३, २०८१
समाजवादी मोर्चा र राजावादीहरुको भोलीको जुलुस केही होइन, वास्ता नगर्नुस् : प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि काठमाडौंमा के–के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् ।

आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाउने काम भएको टिप्पणी गरे ।

भोलि (चैत १५) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् । त्यस्तै, राजावादी समूहले पनि काठमाडौंमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

उनले दैनिक १०–१५ हजार मान्छे उपस्थित भएको जुलुस निस्किरहेको भन्दै भोलि पनि त्यही हुने जिकिर गरे ।

उनले भने–‘१० १५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन् । तिललाई पहाड बनाइरहनुपर्दैन । एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो ।’

यस्ता सभा सधैँ हुने गरेको भन्दै उनले वास्ता नगर्न पनि आग्रह गरे । उनले भने–‘यो सभा सधैं हुने गरेकै छ, भोलि पनि हुने त्यति नै हो । यहाँ एउटा टेरर, त्रास छ । के–के न हुन्छ भनेर । त्यस्तो केही होइन । यस्ता कुराबाट वास्ता नगरेर हाम्रो विकासका काममा अघि बढ्नुपर्छ ।’

Facebook Comments

सम्बन्धित समाचार