mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • फौजदारी मुद्दामा सफाइ पाएका शिक्षकको तलब र सुविधा नरोक्नू : सर्वोच्च अदालत

फौजदारी मुद्दामा सफाइ पाएका शिक्षकको तलब र सुविधा नरोक्नू : सर्वोच्च अदालत

  • बुधबार, जेष्ठ ८, २०८२
फौजदारी मुद्दामा सफाइ पाएका शिक्षकको तलब र सुविधा नरोक्नू : सर्वोच्च अदालत

काठमाडौं-सर्वोच्च अदालतले फौजदारी मुद्दा लागेर निलम्बनमा परेका शिक्षकले अदालतबाट सफाइ पाएमा तलब सुविधा पाउने भनी व्याख्या गरेको छ ।

सर्वोच्च अदालतले मुद्दाका कारण शिक्षकहरू थुनामा रहेमा सेवा अवधि गणना हुने भनी व्याख्या गरेको हो ।

व्यक्तिहत्याको आरोपमा पक्राउ परेर मुद्दा चलेका एक शिक्षकले पुनरावेदन अदालतबाट सफाइ पाएका थिए । तर, शिक्षा मन्त्रालयले सचिवस्तरिय निर्णय गरेर उनलाई थुनामा रहेको अवधिमा तलब सुविधा नदिने अनि सेवा अवधि समेत नजोडिने निर्णय गर्‍यो ।

त्यही निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले मुद्दामा सफाइ पाएको अवस्थामा सबै तलब सुविधा पाउने र सेवा अवधि समेत गणना हुने भनी फैसला गरेको हो ।

फौजदारी अभियोगमा थुनामा रहेको शिक्षकले सो अभियोगबाट सफाइ पाएमा पदमा बहाली हुने र पूरै तलब पाउने भन्दै सर्वोच्च अदालतले पक्राउ परेको वा थुनामा भएको अवस्थालाई ‘विदा स्वीकृत नगराई विद्यालयमा अनुपस्थित भएको’ भन्ने आधार देखाएर तलब सुविधा र वृत्तिविकासबाट बञ्चित गर्न नहुने फैसला गरेको हो ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यी शिक्षकलाई निलम्बन अवधिको तलब उपलब्ध गराउनु र निलम्बनको अवधिलाई समेतसेवा अवधिमा गणना गर्ने गरी अभिलेख राख्नू ।’

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।