AarthikBikash
आइतवार, असार १, २०८२
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • प्रदेशबाटै एसईई सञ्चालन गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

प्रदेशबाटै एसईई सञ्चालन गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

  • शनिबार, जेष्ठ ३२, २०८२
प्रदेशबाटै एसईई सञ्चालन गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा प्रतिनिधि सभा अन्र्तगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मन्त्रालयले एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेको हो ।

कक्षा दश उतीर्ण पश्चात् विभिन्न शिक्षाका धारमा अध्ययन गर्नसक्ने भएकोले परीक्षा प्राणाली र मूल्यांकन मापदण्डमा एकरुपता कायम गर्न एसईई आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ ।

प्रस्तावमा भनिएको छ, ‘कक्षा दशको अन्तिम परीक्षा (एसईई) प्रदेशस्तरमा हुनेछ ।

एसईई परीक्षा बोर्डको समन्वय र सम्बन्धित शिक्षा कार्यालयको संयोजनमा सञ्चालन हुने मन्त्रालयको प्रस्तावमा छ । मूल विधेयक र उपसमितिको प्रतिवेदनमा एसईई समावेश गरिएको थिएन ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र संचालन गर्ने प्रस्ताव गरेको छ ।

मन्त्रालयले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पेस गरेको प्रस्तावमा भनिएको छ, ‘यो ऐन प्रारम्भ भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठी र कम्पनी अन्तर्गत स्थापना र सञ्चालन हुनेछ ।’

मन्त्रालयले गरेको प्रस्तावमा यो ऐन प्रारम्भहुनुभन्दा अघि विद्यालयको स्थापना र सञ्चालन गर्न अनुमति प्राप्त गरे पनि यो ऐन प्रारम्भ हुँदाका सञ्चालनमा नआएका विद्यालय यो ऐन जारी भएपछिको पहिलो शैक्षिक सत्रबाट सञ्चालन नभए त्यस्तो अनुमति स्वतः खारेज हुने भनिएको छ ।

सम्बन्धित समाचार