mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • एनपीएल: काठमान्डु गोर्खाले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

एनपीएल: काठमान्डु गोर्खाले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

  • शुक्रबार, पुस ४, २०८२
एनपीएल: काठमान्डु गोर्खाले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भइरहेको इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। लिग चरणमा काठमाडौं तेस्रो र लुम्बिनी चौथो हुँदै प्ले अफमा पुगेका थिए। आजको खेल‌ जित्ने टोली भोलि विराटनगर किङ्ससँग क्वालिफायर टु खेल्नु पर्नेछ । यस्तै विजेता टोलीले सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार