AarthikBikash
बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेको चुनावी घोषणापत्र सार्वजनिक: युवालाई मासिक १० जीबी निःशुल्क डाटादेखी २० लाखसम्मको निर्व्याजी ऋण

एमालेको चुनावी घोषणापत्र सार्वजनिक: युवालाई मासिक १० जीबी निःशुल्क डाटादेखी २० लाखसम्मको निर्व्याजी ऋण

  • बिहिबार, फाल्गुन ७, २०८२
एमालेको चुनावी घोषणापत्र सार्वजनिक: युवालाई मासिक १० जीबी निःशुल्क डाटादेखी २० लाखसम्मको निर्व्याजी ऋण

काठमाडौं – नेकपा एमालेले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंको एभरेस्ट होटलमा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

बिहीबार अध्यक्ष केपी शर्मा ओलीद्वारा सार्वजनिक ‘समृद्ध नेपाल, सुखी नेपालीस् राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ को नारासहितको घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत काम र २५ संकल्प गरिएको छ ।

जसअनुसार आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ।

घोषणापत्रमा युवालाई मासिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपका लागि १० हजार डलरको कार्ड र विद्यार्थीलाई २० लाखसम्मको निर्व्याजी ऋण दिने उल्लेख गरिएको छ।

विद्यार्थीलाई २० लाख निव्र्याजी ऋण,पारिश्रमिकसहित इन्टर्नशीप । प्राविधिक उच्च शिक्षा पढ्न चाहने विद्यार्थीका लागि २० लाख रुपैयाँसम्म निव्र्याजी ऋण दिनेछौँ र न्यूनतम पारिश्रमिकसहित इन्टर्नशीपको व्यवस्था गर्छौँ । व्याजको दर गुणा बढ्ने र पढ्दै कमाउँदै अनुभव बनाउने अवसर दिन्छौँ,’ एमालेको घोषणापत्रमा भनिएको छ, ‘किशोरीलाई निशुल्क प्याड र कक्षा १० सम्म दिवा खाजा । सबै विद्यालयका किशोरीलाई निशुल्क प्याड दिन्छौँ । र कक्षा १० सम्मका सबै विद्यार्थीलाई दिवा खाजा खुवाउँछौँ । महिनावारी वा खाली पेटका कारण पढाइ नरोकिने व्यवस्था गर्छौँ ।’

त्यसैगरी श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँसम्म पुर्‍याउने, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनेदेखि सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्ने घोषणा गरेको छ ।

‘श्रमिकको न्यूनमत पारिश्रमिक २५ हजार रुपैयाँ र सामाजिक सुरक्षा न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउँछौँ र सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षामा जोड्छौँ,’ एमालेको घोषणापत्रमा भनिएको छ । एमालेले शिक्षकहरुको मर्यादाक्रम समेत तोक्ने घोषणा गरेको छ । जसअनुसार एमालेले शिक्षकहरुलाई सामाजिक सुरक्षमा ल्याउनेदेखि शिक्षकलाई सुरक्षित बनाउने योजना अघि सारेको छ ।

त्यस्तै, सुत्केरी पोषण भत्ता २० हजार पुर्‍याउने, विपन्नको २५ हजारसम्मको ऋण मिनाहा गर्ने, रेल–मेट्रो सञ्चालन गर्ने र डिजिटल सुशासन कायम गर्ने उल्लेख गरिएको छ।

घोषणापत्रमा आर्थिक समृद्धि, रोजगारी सिर्जना, सुशासन, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता तथा विकास निर्माणलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको पार्टीले जनाएको छ ।

साथै अध्यक्ष ओलीले भत्काउने र जलाउने नभई बनाउने संकल्पका साथ एमालेले विगतका अनुभव र अभ्यासका कारण मुलुकको मुहार फेर्ने कामको अगुवाइ गर्ने दाबी गरे ।

सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारी, स्थायी समिति तथा केन्द्रीय नेतृत्वका शीर्ष नेताहरूको उपस्थिति थियो ।

सम्बन्धित समाचार