AarthikBikash
बिहिबार, चैत्र २६, २०८२
  • होमपेज
  • राजनीति
  • पक्राउ पुर्जी जारी भएपछि देउवाले के भने ?

पक्राउ पुर्जी जारी भएपछि देउवाले के भने ?

  • बिहिबार, चैत्र २६, २०८२
पक्राउ पुर्जी जारी भएपछि देउवाले के भने ?

कमामाडौँ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमार्फत मुख खोलेका छन्।

उनले फेसबुकमार्फत सम्पत्तिसम्बन्धी भ्रामक समाचार बाहिरिएको भन्दै आपत्ति पनि जनाएका छन्।

उनले आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको पनि बताएका छन्।

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु,

म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ।

म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु।

नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु।

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ।

मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ।

स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु।

वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

जय नेपाल।

सम्बन्धित समाचार