AarthikBikash
मङ्लबार, बैशाख १, २०८३
  • होमपेज
  • समाज
  • नयाँ वर्ष २०८३ सुरु, हर्षोल्लासका साथ मनाइँदै

नयाँ वर्ष २०८३ सुरु, हर्षोल्लासका साथ मनाइँदै

  • मङ्लबार, बैशाख १, २०८३
नयाँ वर्ष २०८३ सुरु, हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं – आजबाट नयाँ वर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ ।

आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ ।

संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन छ । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति पनि हो ।

विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।

सम्बन्धित समाचार