काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेतामा चयन गरेको हो ।
पराजुली २०७९ र २०८२ फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट विजयी भएका थिए ।
यसैगरी बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।
रास्वपा संसदीय दलको नेता भने अहिले बालेन्द्र शाह छन् ।