AarthikBikash
शुक्रबार, बैशाख ४, २०८३
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • त्रिविद्वारा अतिक्रमित सम्पत्ति फिर्ता गर्न ३५ दिने अल्टिमेटम

त्रिविद्वारा अतिक्रमित सम्पत्ति फिर्ता गर्न ३५ दिने अल्टिमेटम

  • शुक्रबार, बैशाख ४, २०८३
त्रिविद्वारा अतिक्रमित सम्पत्ति फिर्ता गर्न ३५ दिने अल्टिमेटम

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति र संस्थाहरूलाई फिर्ता गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अन्य अचल सम्पत्ति अतिक्रमण वा अनधिकृत प्रयोगमा रहेको पाइएपछि ती सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न सम्बन्धित पक्षलाई औपचारिक निर्देशन दिएको हो ।विश्वविद्यालयले केही व्यक्ति, संस्था तथा कम्पनीहरूले कानुनी प्रावधान विपरीत आफ्ना जग्गा तथा सम्पत्तिमा कब्जा, प्रयोग वा नियन्त्रण कायम गरेको निष्कर्षसहित सो फिर्ता प्रक्रिया तत्काल सुरु गर्न आग्रह गरेको छ ।

त्रिवि प्रशासन महाशाखाद्वारा जारी सूचनामा भनिएको छ- ‘नेपाल सरकार र विभिन्न दाताहरूले विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि उपलब्ध गराएका जग्गा तथा अचल सम्पत्तिहरू (प्रतिवेदनमा उल्लेख भएका वा नभएका) यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली गरीरगराई आधिकारिक रूपमा विश्वविद्यालयलाई फिर्ता गर्नुपर्नेछ ।’

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामान्य प्रशासन शाखाले जारी गरेको सूचनामा तोकिएको समय सीमाभित्र सम्पत्ति फिर्ता नगरे प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने स्पष्ट चेतावनी समेत दिइएको छ ।

सम्बन्धित समाचार