AarthikBikash
शुक्रबार, बैशाख ४, २०८३
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री बालेनको पूरानो र्‍याप ब्याटललाई लिएर साइबर ब्यूरोमा उजुरी

प्रधानमन्त्री बालेनको पूरानो र्‍याप ब्याटललाई लिएर साइबर ब्यूरोमा उजुरी

  • शुक्रबार, बैशाख ४, २०८३
प्रधानमन्त्री बालेनको पूरानो र्‍याप ब्याटललाई लिएर साइबर ब्यूरोमा उजुरी

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ ।

प्रधानमन्त्री बालेनको पूरानो र्‍याप ब्याटलको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यहाँ अस्वभाविक शब्दहरु बोलिएको ब्यूरोमा उजुरी परेको हो ।

शुक्रबार उक्त भिडियोलाई लिएर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सक्रिय सदस्य पवन राई (बाबु दुमी), विवेक मगर, रोजी पुन र मनिनन्द्र सिंह दनुवारले ब्यूरोमा उजुरी दर्ता गराएका हुन् ।

उनीहरूका अनुसार उक्त भिडियोमा प्रयोग भएका केही शब्द र सन्देशले महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अपमानित गर्ने, घृणा फैलाउने तथा हिंसा, बलात्कारलाई प्रोत्साहन गर्ने खालमा रहेका छन् ।

साथै उनीहरूले जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट विगतका यस्ता सामग्रीहरूको जवाफदेहिता आवश्यक रहेको स्पष्ट पारेका छन् ।

Untitled-1 copy.jpg

सम्बन्धित समाचार