AarthikBikash
आइतवार, बैशाख १३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मनोहराको सुकुम्बासी बस्ती खाली गरिंदै, आईजीपी नै फिल्डमा

मनोहराको सुकुम्बासी बस्ती खाली गरिंदै, आईजीपी नै फिल्डमा

  • आइतवार, बैशाख १३, २०८३
मनोहराको सुकुम्बासी बस्ती खाली गरिंदै, आईजीपी नै फिल्डमा

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सुकुम्बासीहरुलाई व्यवस्थित गर्नका लागि बस्ती खाली गर्ने अभियान चलाइरहेको छ ।

हिजोबाट शुरु भएको बस्ती खाली गर्ने अभियान अहिले पनि जारी छ । शनिबार थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती व्यवस्थापन पश्चात मनोहरा खोला किनारको अतिक्रमित संरचना व्यवस्थापन गर्न पुगेका प्रहरीमाथि स्थानीयद्धारा ढुंगामुढा भएको थियो ।काठमाडौंको मनोहरा नदी किनारका सुकुम्वासी नागरिकलाई व्यवस्थापन गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफै आज फिल्डमा पुगेका थिए ।

उक्त आक्रमणबाट करिब १ दर्जन प्रहरी घाईते भएका थिए भने स्थिति तनावपूर्ण बनेपछि प्रहरीले कुनै प्रतिकार नगरी त्यहाँबाट फर्किएको थियो ।

आज बिहानैदेखि नेपाल प्रहरी पुनः उक्त क्षेत्रमा परिचालन भई अतिक्रमण हटाउने कामलाई निरन्तरता दिइरहेको छ ।

यसैबीच स्थिति पुनः तनावग्रस्त हुने संकेत देखिएपछि प्रहरीको मनोबल उच्च राख्न तथा स्थानीयसँग समन्वय र संवादलाई प्रभावकारी बनाउन आईजीपी कार्की स्वयं मनोहरा क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेका हुन् ।

आईजीपी कार्कीले फिल्डमै पुगेर सुरक्षाकर्मीलाई मानवीय संवेदनशिलतालाई ध्यानमा राख्दै सौहार्दपूर्ण वातावरणमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै, उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरी समस्या समाधानका लागि सहकार्य गर्दै प्रहरीलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

प्रहरी नेतृत्व नै स्वयं फिल्डमा उपस्थित भएपछि सुरक्षा व्यवस्थापन थप सुदृढ भएको र अतिक्रमण हटाउने कार्य अझ व्यवस्थित र समन्वयात्मक ढंगले अगाडि बढेको पाईएको छ ।

सम्बन्धित समाचार