काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष बुलेटिनमार्फत सचेत गराएको छ।
महाशाखाले आज दिउँसो लुम्बिनी प्रदेशमा र राति मधेश प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरीको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको छ ।
यसैगरी आज राति मधेश प्रदेशका कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाद्धाराजारी सूचनामा उल्लेख गरिएको छ ।
यस्तै आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुन सक्छ। राति यी प्रदेशमा बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।