AarthikBikash
बुधबार, बैशाख २३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनसरीमा १४८ किलो गाँजासहितको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

सुनसरीमा १४८ किलो गाँजासहितको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

  • बुधबार, बैशाख २३, २०८३
सुनसरीमा १४८ किलो गाँजासहितको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

सुनसरी – सुनसरीमा प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

जिल्लाको बराहक्षेत्र नगरपालिका(२ पुल्ठेगौंडाबाट मंगलबार प्रहरीले चेकजाँचका क्रममा बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा फेला पारेको थियो ।

सोहि एम्बुलेन्समा सवार दुई जना पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समै सवार वीरपुरका २१ वर्षीय मोहमद सदाम रहेका छन् ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालय बुझाईएको छ ।

हाल पक्राउ परेका दुवै जनामाथि आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार