काठमाडौं – नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दै छ ।
बारले प्रधानन्यायाधीशमा भएको सिफारिसबारे समान धारणा बनाउन आजका लागि आकस्मिक बैठक बोलाएको हो ।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई रायका लागि छलफलमा डाकिएको छ ।
उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ । आजै सल्लाहाकारको बैठक पनि बस्दैछ ।
बिहीबार बसेको संवैधानिक परिषद् बैठकले बहुमत निर्णयका आधारमा चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।