AarthikBikash
शनिबार, जेष्ठ ९, २०८३
  • होमपेज
  • राजनीति
  • गुण्डुमा एमाले सचिवालय बैठक जारी, ओलीलाई नेतृत्व छोड्न दबाब

गुण्डुमा एमाले सचिवालय बैठक जारी, ओलीलाई नेतृत्व छोड्न दबाब

  • शनिबार, जेष्ठ ९, २०८३
गुण्डुमा एमाले सचिवालय बैठक जारी, ओलीलाई नेतृत्व छोड्न दबाब

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा जारी छ।

शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आजको बैठकमा आफ्नो धारणा राखिरहेका छन् ।

हिजो उपाध्यक्षहरूले आफ्नो कुरा राखिसकेका थिए ।  बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना उपाध्यक्षहरूले ओलीलाई अध्यक्षबाट राजीनामा दिएर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए ।

शनिबारको बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टपछि ९ जना सचिवहरूले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नाधारणा राख्दैछन् ।

राजनीतिक परिस्थितिबारे पदाधिकारीहरूको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्नेछ ।

सम्बन्धित समाचार