काठमाडौं – श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारी ठगीमा संलग्न रहेका फरार राई कहिले पक्राउ पर्छन् भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने- ‘सहकारी ठगीमा संलग्न रहेका फरार जिबी राई कहिले पक्राउ पर्छन् सरकार ?’
उनले सहकारीमा डुबेको पैसा बचतकर्ताले फिर्ता पाउनुपर्ने तर राज्यले तिरिदिने विषय के हो भन्दै थप सोधे ।
सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नहुने सांसद राईको भनाई थियो ।
साथै उनले बाँदर व्यवस्थापनदेखि सुकुमबासी र अव्यवस्थित बसोबासीको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन गर्न माग गरे ।