AarthikBikash
मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक बस्दै, अवरोध हट्ने अझै अनिश्चित

प्रतिनिधिसभा बैठक बस्दै, अवरोध हट्ने अझै अनिश्चित

  • मङ्लबार, जेष्ठ २६, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, अवरोध हट्ने अझै अनिश्चित

काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल सुरु गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने कार्यक्रम छ।

यस्तै, निर्धारित अवधिभित्र अर्थ विधेयक फिर्ता नभएको जानकारी गराउने तथा चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची पनि तय गरिएको छ।

तर, संसद्को बैठक कार्यसूचीअनुसार अघि बढ्ने वा पुनः अवरुद्ध हुने भन्ने विषय अझै अनिश्चित छ। प्रधानमन्त्री वालेन्द्र शाह ले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् अवरुद्ध गर्दै आएका छन्।

संसदीय गतिरोध अन्त्यका लागि सोमबार बसेको सर्वदलीय बैठक पनि निष्कर्षविहीन बनेको थियो। संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूबीच लामो छलफल भए पनि अवरोध हटाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सञ्चालन हुन नसकेको हो ।

सम्बन्धित समाचार